महालक्ष्मी विकास बैंक र मेरो माइक्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सले घोषणा गरेको लाभांश पाउन मंगलबारसम्म शेयरधनी कायम हुनु्पर्नेछ । दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक २० गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछन् ।

महालक्ष्मी विकास बैंकले गत बर्षको कमाईबाट १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले कात्तिक २९ गते साधारण सभा बोलाएको छ भने कात्तिक २० गतेदेखि बुक क्लोज गर्दैछ ।

बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ८ प्रतिशत बोनस र ९.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।

त्यस्तै मेरो माइक्रोफाइनान्सको पनि प्रस्तावित लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज नै रहेको छ । कम्पनीले ३० प्रतिशत बोनस र कर तिर्न १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कात्तिक २९ गते साधारण सभा राखेको कम्पनीको कात्तिक २० गतेदेखि बुक क्लोज हुनेछ ।