कालिका लघुवित्तको नाफा र जगेडामा उच्च सुधार, जनसेवीसँग मर्ज हुँदै

0
Shares

कालिका लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ५०२ प्रतिशत बढी हो ।

गत आर्थिक बर्षको यसैअवधिमा लघुवित्तले १२ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दनाी तथा संचालन नाफामा बढोत्तरी आएपछि नाफा उच्चदरले बढेको हो ।

 समीक्षा अवधिमा ७४ करोड ९६ रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको संस्थाले ४ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तले बैंक तथा वित्तीय संस्थाहरुबाट ९१ करोड २३ लाख सापट लिएको छ ।

दश करोड ८० लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडाकोष्मा १० करोड ५४ लाख ४७ हजार रुपैयाँ छ । समीक्षा अवधिमा संस्थाको जगेडा कोष ८०.१२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्म कालिकाको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ६७ पैसा रहेको छ ।

कालिका र जनसेवी लघुवित्त वित्तीय संस्था मर्जरमा जादै छन् । मर्जरमा जाने प्रस्ताव पारित गर्न दुवै संस्थाले कात्तिक २५ गते विशेष साधारणसभा बोलाएका छन् । कालिकाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनससहित कुल १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।