सिद्धार्थ बैंकको तीन महिनाको खुद नाफा ५२ करोड, खर्च बढ्दा भएन सुधार

0
Shares

चालु आर्थिक वषको पहिलो तीन महिनमा सिद्धार्थ बैंकले ५२ करोड १४ रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.६९ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५२ करोड ५० लाख खुद नाफा कमाएको थियो । नियामकीय व्यवस्था पश्चात यस अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड ९८ लाख देखिन्छ ।

बैंकले गत असोज मसान्तसम्ममा एक खर्ब १८ अर्ब ४० करोड निक्षेप संकलन गरेर एक खर्ब ८ अर्ब ६८ करोड कर्जा प्रवाह गरेकोे छ । बैंकको निक्षेप ३.०३ प्रतिशत तथा कर्जा करिब ३.६३ प्रतिशतले बढेको छ । जसबाट बैंकले एक अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन समिक्षा अवधिको तुलनामा १५.३० प्रतिशत बढी हो ।

कम्पनीको खुद ब्याज आम्दानी बढेपनि खर्च उच्चदरले बढेको छ । जसले गर्दा संचालन नाफामा ०.७ प्रतिशतले मात्र बढेको छ । यस अवधिमा बैंकले ७४ करोड ४७ लाख संचालन नाफा गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ७४ करोड ४२ लाख थियो । 

बैंकको चुक्ता पूँजी आठ अर्ब ८८ करोड छ । विभिन्न शिर्षकमा गरेर बैंकको जगेडाकोषमा ६ अर्ब ३८ करोड रकम जम्मा भएको छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा कायम भएको छ । खुद नाफा घट्दा प्रतिशेयर आम्दानी पनि केहि घटेको छ।

बैंकको आधार ब्याजदर १०.०२ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.३३ प्रतिशत छ । समिक्षा अवधिमा खराब कर्जा समेत घटाएर १.२८ प्रतिशतमा सिमित गरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २७ पैसा र मूल्य आम्दानी अनुपात १२.५३ गुणा रहेको छ।