स्वावलम्बन लघुवित्तको अधिकांस सूचकमा सुधार, प्रतिशेयर आम्दानी बढ्यो

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा १२ करोड २० लाख खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधि भन्दा ४२.४७ प्रतिशतले धेरै हो ।

गत आर्थिक बर्षको यसै अवधिमा संस्थाले ८ करोड ५६ लाख खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी तथा संचालन नाफामा आएको सुधारले कम्पनीको खुद नाफमा बढोत्तरी आएको हो ।

नाफा बढ्दा कम्पनीको प्रतिशेयर आम्दानीमा समेत सुधार आएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी पनि ६८ रुपैयाँ १० पैसाबाट बढेर ७७ रुपैयाँ ६२ पैसा कायम भएको छ । जसको प्रतिशेयर नेटवर्थ ३१६ रुपैयाँ ४३ पैसा छ ।

७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४ करोड कर्जा प्रवाह गरेको संस्थाले समीक्षा अवधिमा संस्थाले ३२ करोड ६ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ ।

लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख छ भने जगेडाकोषमा एक अर्ब ३६ करोड ११ लाख रुपैयाँ राखेको छ ।

साथै कम्पनीले खराब कर्जा समेत घटाएर ०.९१ प्रतिशतमा झारेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।