विजय लघुवित्तले प्रस्ताव गर्यो लाभांश, अघिल्लो बर्षको भन्दा दोब्बर

0
Shares

विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर लाभांश दिने भएको छ ।

लघुवित्त सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ रहेको छ। प्रस्तावित बोनस वितरणपति लघुवित्तको चुक्ता पूँजी २१ करोड ४२ लाख ९१ हजार रुपैयाँ पुग्नेछ।

लघुवित्तको लाभांश अघिल्लो वर्ष दोब्बर छ । अघिल्लो वर्ष विजयले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिएको थियो ।