सिटिजन्स बैंकद्वारा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८५ औं शाखा आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादी संचालनमा ल्याएको छ ।

कार्तिक २४ गते आइतबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेको थियो ।

हाल उक्त क्षेत्रको बासिन्दा तथा व्यवसायीहरूलाई ए.टि.एम मार्फत मात्र सेवा प्रदान गर्दै आएकोमा अब सम्पूर्ण बैंकिंग सेवा सुबिधा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने हेतुले उक्त शाखा संचालनमा ल्याईएको बैंकले जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधियुक्त यस शाखा मार्फत सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।