प्रभु बैंकको १६ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन

0
Shares

नेप्सेका मंगलबार प्रभु बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

बैंकको समायोजित शेयरमूल्य प्रति कित्ता २३० रुपैयाँ १७ पैसा कायम भएको छ ।

बैंकले प्रस्तावित लाभांश पारित गर्न मंसिर ६ गते अठारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ भने कार्तिक २६ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको छ । जस अनुसार कार्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन् ।

साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ।