गरिमा विकास बैंकको शाखा बुढानिलकण्ठ नगरपालिकाको हात्तीगौंडामा पनि

0
Shares

गरिमा विकास बैंकले बुढानिलकण्ठ नगरपालिकाको हात्तीगौंडामा शाखा विस्तार गरेको छ । सो शाखाको औपचारिक उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले मंगलबार गरेका हुन ।

कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उद्यशिलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यावसायको विस्तारका लागि सहयोग गर्ने बताए । ग्राहकहरुलाई आवश्यक पुँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको उनले बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ ।