वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन

0
Shares

वोमी लघुवित्तले लिलामीमा राखेको ६२ हजार १८३ कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । लघुवित्तले हकप्रदमा नबिकेको संस्थापक शेयर साधारण शेयरधनीले समेत किन्न सक्ने गरी कात्तिक २१ देखि लिलाममा राखेको थियो ।

लघुवित्तको शेयर मा आवेदन गर्न चाहने लगानीकर्ताले कम्तीमा एक सय रुपैयाँदेखि बढेर एक हजार कित्ता देखि ४० हजार कित्ता शेयर माग गर्न सक्ने छन् ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा वोमी लघुवित्तको केन्द्रीय कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सक्नेछन ।

यसका साथै सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

वोमी लघुवित्तले गत असोज ६ गतेदेखि लिलामीमा राखेको संस्थापक शेयर सबै बिक्री नभएपछि सर्वसाधारणले समेत खरिद गर्न पाउनेगरी पुन लिलामीमा राखेको हो । बुधबार दोस्रो बजारमा वोमी लघुवित्तको शेयर प्रतिकित्ता १११६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

हाल यस कम्पनीको चुक्ता पूँजी १० करोड १० लाख रुपैयाँ छ । लिलामी हकप्रद बिक्री पश्चात वोमीको चुक्ता पूँजी २० करोड कायम हुनेछ।
नागरिक लघुवित्तसँगको मर्जर प्रकृयालाई अन्तिम रुप दिन कम्पनीले असोज २ गते विशेष साधारण सभा सम्पन्न गरि मर्जर प्रस्ताव पारित गरिसकेको छ।