खराब कर्जा र संचालन खर्च बढ्दा मन्जुश्री फाइनान्सको नाफा प्रभावित

0
Shares

मन्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ७५ लाख खुद मुनाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ५.२७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले २ करोड ६२ लाख खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानीमा उच्च सुधार आएपनि संचालन खर्च बढेपछि नाफा सामान्य बढेको हो । फाइनान्सको तीन महिनाको वितरणयोग्य नाफा ५८ लाख २० हजार छ ।

असोज मसान्तसम्म फाइनान्सले ५ अर्ब २८ करोड निक्षेप उठाएर ५ अर्ब ४४ करोड कर्जा परिचालन गरेको छ । फाइनान्सको निक्षेप ११.३१ प्रतिशत तथा कर्जा ५.३७ प्रतिशतले बढेको छ । फाइनान्सले पहिलो त्रैमासमा १२ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको छ जुन समिक्षा अवधिको भन्दा ८७.७६ प्रतिशतले बढी हो ।

८० करोड ४० लाख चुक्ता पूँजी रहेको फाइनान्सले जगेडा कोषमा १८ करोड २२ लाख छ । जसको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७३ पैसा, प्रतिशेयर नेटवर्थ २ सय २८ रुपैयाँ, पूँजीकोष अनुपात १५.७२ प्रतिशत छ । खराब कर्जा बढेर ३.९६ प्रतिशत पुगेको छ ।