माइक्रोफाइनान्समा पनि सम्पत्ती शुद्धीकरण अनुगमन समिति

0
Shares

नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सले पनि सम्पत्ती शुद्धीकरण अनुगमन समिति बनाउनु पर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले लघुवित्तका लागि एकिकृत निर्देशनमा संशोधन गरेर सम्पत्ती शुद्धीकरण अनुगमन समिति बनाउनु पर्ने व्यवस्था गरेको हो।

बैंक तथा वित्तीय संस्थाका लागि भएको व्यवस्था चालु आर्थिक वर्ष देखि माइक्रोफाइनान्समा पनि लागु गरेको हो । यसभन्दा अघि माइक्रोफाइनान्सका लागि सम्पत्ती शुद्धिकरण अनुगमन समितिको व्यवस्था गरेको थिएन ।

सम्पत्ती शुद्धिकरणमा माइक्रोफाइनान्स पनि प्रयोग हुन सक्ने भन्दै केन्द्रीय बैंकले गलत प्रवृत्तिको आम्दानी तथा अतंककारी गतीविधिमा हुन सक्ने वित्तीय लगानीलाई नियन्त्रण गर्नका लागि सो समिति गठन गर्न भनेको हो ।

केन्द्रीय बैंकले एकिकृत निर्देशन २०७५ लाख संशोधन गरेर आगामी दिन देखि माइक्रोफाइनान्सले पनि सम्पत्ति शुद्धीकरण अनुगमन समिति बनाइ सम्पत्ती शुद्धिकरण क्रियाकलापलाई निगरानीमा राख्न निर्देशन दिएको हो । सो सम्पत्ती शुद्धिकरण अनुगमन समितिमा सञ्चालक समितिले एक जना गैरकार्यकारी सञ्चालकको संयोजकत्वमा एउटा सम्पत्ती शुद्धीकरण समिति गठन गर्नसक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

समितिको सदस्यहरु मध्ये कर्जा विभागका विभागीय प्रमुख सदस्य र सञ्चालन (अपरेसन) वा अनुपालना विभागका विभागीय प्रमुख सदस्य–सचिव रहने गरी समिति गठन गर्नु पर्ने व्यवस्था गरेको हो ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत समितिको पदेन सदस्य हुने समेत निर्देशनमा उल्लेख छ । । समितिमा आवश्यकता अनुसार आमन्त्रण गरिने विशेषज्ञ सहित बढीमा ५ जनासम्म सदस्य हुन सक्नेछन् व्यवस्था रहेको केन्द्रीय बैंकले जनाएको छ ।