नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले वृद्धि, खराव कर्जा पनि बढ्यो

0
Shares

नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । बैंकको यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३३.३२ प्रतिशत धेरै हो ।

गत बर्ष बैंकले ३० करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा १४ करोड ८६ लाख रुपैयाँ छ ।

चालु आवको असोजसम्ममा बैंकको निक्षेप ५९ अर्ब ३७ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने ५५ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधीमा बैंकको खर्च करिब १६ प्रतिशतले बढेको भएपनि सञ्चालन आम्दानीमा उच्च सुधार भएको देखिन्छ ।

सो अवधीमा बैंकको ब्याज आम्दानी ८ प्रतिशतले वढको भएपनि फि तथा कमिसन आम्दानी ३० प्रतिशत भन्दा धेरैले वढेको छ ।

हाल ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको प्रति सेयर नेटवर्थ १५८.३४ रुपैयाँ रहेको छ । चालु आवको असोजसम्ममा बैंकको सञ्चित कोषमा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको सञ्चित कोषमा ३ अर्ब ३१ करोड रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्षको असोजसम्ममा आधार ब्याजदर घटेर ९.८७ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर १०.२० प्रतिशत थियो । यो असोजसम्ममा बैंकको कोषको लागत पनि घटेर ७.२९ प्रतिशत कायम भएको छ । यस्तो लागत गत आवको सोही अवधीमा ७.४३ प्रतिशत थियो ।

तर, बैंकको चालु आवको पहिलो त्रैमासमा खराव कर्जाको अंश भने वढेको छ । यस अवधिमा बैंकको खराव कर्जा १.९७ प्रतिशत छ । गत आवको असोजसम्ममा बैंकको खराब कर्जा १.५५ प्रतिशत थियो । मूल्य आम्दानी अनुपात १०.२७ गुणा रहेको बैंकको कुल सम्पत्तीमा प्रतिफल २.१९ प्रतिशत रहेको छ ।