गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनश बाँडेर ५० प्रतिशत हकप्रद बेच्ने

0
Shares

गणपति माइक्रोफाइनान्सले चुक्ता पूँजी बढाउन ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले आगामी साधारणसभा बाट उक्त प्रस्ताव पारित गरेपछि हकप्रद बिक्रीमा ल्याउने जनाएको छ ।

लघुवित्तले यसअघि गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ ह्जार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकवाट स्वीकृत भइसकेको छ भने साधारण सभाबाट पारित हुन बाँकी छ । प्रस्तावित वोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात कम्पनीले बोनस पछि कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री गर्नेछ ।