५ करोड ७६ लाख चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा ८ करोड ९३ लाख

0
Shares

जनउत्थान सामुदायिक लघुवित्तको पूँजीको तुलनामा जगेडाकोष मजबुत देखिएको छ। ५ करोड ७६ लाख रुपैयाँ चुक्ता पूाजी रहेको लघुवित्तले जगेडा कोषमा ८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ।

जनउत्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा खुद नाफा ११२.४९ प्रतिशतले बढाएको हो।  गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ४७ लाख ३० हजार रुपैयाँ मात्र कमाएको थियोे।

लघुवित्तको प्रतिशेयर आम्दानी ९३ रुपैयाँ ५७ पैसा, प्रतिशेयर नेटवर्थ ३०७ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात १०.६१ गुणा छ। लघुवित्तले ६ करोड ३६ लाख रुपैयाँ आम्दानी खुद व्यााज आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २४ लाख रुपैयाँ थियो।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ करोड ४१ लख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट कम्पनीले ३ करोड ८ लाख खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा बढेर २.८७ प्रतिशत पुगेको छ।