राष्ट्रिय वाणिज्य बैंक बन्यो तीन महिनामा सबैभन्दा धेरै नाफा कमाउने बैंक

0
Shares

राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।

नीजि स्तरका नबिल र एनआईसि एशिायाले पनि पहिलो तीन महिनामा अर्ब बढी नाफा कमाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले तीन महिनामा महिनामा १ अर्ब १२ करोड ७५ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ०.७६ प्रतिशतले बढीे हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद नाफा कमाएको थियो ।

दोस्रोमा रहको नबिलले एक अर्ब १२ करोड ३५ लाख र तेस्रो उच्च नाफा कमाउने एनआईसि एशियाले एक अर्ब ९६ लाख खुद नाफा कमाएका छन् ।

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा लगानी रहेको छ । प्रथम त्रैमासमा बैंकले २ अर्ब २६ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको भन्दा कम हो ।

नेपाल राष्ट्र बैंकले स्प्रेड रेटमा गरेको कडाइको कारण मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी घटेको हो ।

९ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ७१ करोड राखेको छ । बैंकको सिसिडि रेसियो ७१.९७ प्रतिशत, पूँजीकोष अनुपात १३.९५ प्रतिशत, खराब ३.५ प्रतिशत रहेको छ । आधार ब्याजदर ६.६ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.९६ प्रतिशत छ ।