स्ट्याण्डर्ड चार्टर्डको प्रगति सामान्य, रिजर्भकोषको आकार २५% ले घट्यो

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६४ करोड ४१ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ६.२८ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षको यसै अवधिमा बैंकले ६० करोड ५९ लाख खुद नाफा कमाएको थियो । बैंकको तीन महिना अवधिको वितरण योग्य नाफा ४९ करोड ४ लाख रुपैंया छ ।

बढेको छ भने कर्जा घटेको छ । । करिब १६ प्रतिशतले निक्षेप बढाएको बैंकको कर्जा २.६४ प्रतिशतले घटेको छ ।

 गत असोज मसान्तसम्म बैंकले कुल ७५ अर्ब ८६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड कर्जा परिचालन गरेको छ । यसबाट बैंकले ९३ करोड ३५ लाख खुद ब्याज आम्दानी गरेको छ भने बैंकको संचालन नाफा ९२ करोड छ । बैंकको खुद ब्याज आम्दानी तथा संचालन नाफा दुवै बढेको छ ।

आठ अर्ब १ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १० करोड रुपैंया सञ्चित छ । ३२ रुपैंया १६ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैंया २८ पैसा छ । बैंकको निष्कृय कर्जा अनुपात एक वर्षको अवधिमा ०.२१ प्रतिशतबाट ०.१८ प्रतिशतमा झरेको छ ।

यस्तै बैंकको पूँजीकोष अनुपात १९.४४ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.८२ गसणा, आधारदर ७.६३ प्रतिशत, कोषको लागत ५.३२ प्रतिशत र कर्जा निक्षेप अनुपात ६९.९३ प्रतिशत र स्प्रेडदर ५.५८ प्रतिशत रहेको छ। गत वर्षको नाफाबाट बैंकले लगानीकर्तालाई २२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।