अपर तामाकोशी अझै एक करोड ३० लाख घाटामा, कहिले होला विद्युत उत्पादन?

0
Shares

विद्युत उत्पादन सुरु नगरेको अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म एक करोड ३० लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनी करिब दुई करोड नोक्सानीमा थियो ।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको कम्पनीको आयोजना सम्पन्न हुने समय लम्बिदा विद्युत बिक्री बाट आम्दानी गर्न सकेको छैन् ।

आयोजनाबाट विद्युत्त उत्पादन हुन कम्तिमा चालु आवको अन्त्यसम्ममा पर्खनुपर्ने अवस्था रहेको कम्पनीको भनाई छ ।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको ३२ अर्ब ४० कारोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ। कम्पनीले आगामी चैत सम्ममा परिक्षण उत्पादन सुरु गरी चालु आर्थिक वर्ष्भित्रमा बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।

यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत २५ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ पैसा ऋणात्मक छ। अघिल्लो आवमा उसको प्रतिशेयर आम्दानी २५ पैसाले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ९३ पैसा छ।