हिमालयन डिष्टिलरीको ब्यापार घट्दा पनि नाफमा ५१% बढोत्तरी, वार्षिक इपिएस १०१ रुपैयाँ कायम

0
Shares

हिमालयन डिष्टिलरीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ५१.०४ प्रतिशतले बढेको छ। मदिराको ब्यापार घट्दा पनि कम्पनीको नाफा भने बढेर ९ करोड ७५ लाख ५५ हजार रुपैयाँ पुगेको हो।  गत आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ४५ लाख ८२ हजार मुनाफा आर्जन गरेको थियो।

मदिराजन्य पेय पदार्थ उत्पादन गरेर बिक्री वितरण गर्दै आएको कम्पनीको ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। उसको वार्षिक प्रतिशेयर आम्दानी १०१ रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा कम्पनीको इपिएस ६७ रुपैयाँ थियो।

हिमालयन डिष्टीलरीको शेयरधनी कोषमा ७० करोड २५ लाख रुपैयाँभन्दा बढी छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २८२ रुपैयाँ १७ पैसा छ। यसअघि ६८ रुपैयाँ अन्तरिम लाभांश बाँडेको यस कम्पनीले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस र ५२.६३ प्रतिशत नगद गरि १०२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीले कम्पनीले मदिराको कच्चा पदार्थको रुपमा प्रयोग हुने स्प्रिटको उपलब्धीदर अत्याधिक रुपमा बढाएपछि जेठ १५ पछि कम्पनीले उत्पादन गर्न नसक्दा र आयात गरि प्रयोग गर्दा लागतमा वृद्धि भई मदिराजन्य उत्पादनको बिक्रीमा असर पुगेको जनाएको छ।

चालु आवको प्रथम त्रैमासमा स्प्रिटको उत्पादन नहुँदा ब्यापार ४३ करोड ३३ लाखबाट घटेर ४० करोड ६१ लाख मात्र भएको छ।

सरकारले कार्तिक २५ गते अन्तशुल्क नियमावली संसोधन गरि स्प्रिटको उपलब्धीदर घटाएकाले दोस्रो त्रैमास पश्चात कम्पनीले आफैँले स्प्रिट उत्पादन थाल्ने र लागतमा कमी आई बोतलबन्दी मदिराको ब्यापारमा वृद्धि हुने भएकाले मुनाफा वृद्धि हुने जनाएको छ। सरकारले एक्स्ट्रा नेचुरल अल्कोहल (इएनए) को मापदण्ड पहिला १०० किलोको ३६ लिटर कायम गरेर संसोधन गरेको छ। यसअघि ४२ लिटरको मापदण्ड तोकिदिएपछि दर्जनौँ मदिरा उद्योग बन्द भई राजस्व असुलीमा समेत प्रत्यक्ष प्रभाव परेको थियो।