हिमालयन डिष्टिलरीको साधारण सभा, शतप्रतिशत लाभांश प्रस्ताव


हिमालयन डिष्टिलरीले आगामी पुस १ गते १९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा हुने सो साधारणसभामा सेयरधनीलाइ सत प्रतिशत लाभासं वितरण गर्ने प्रस्ताव रहने छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, बोनस शेयरको कर प्रयोजनसहित ५२.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने छ । यसका साथै सभामा लेखापरीक्षक नियुक्त गर्ने, चुक्ता पूँजी वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतको प्रस्ताव रहेका छन ।
हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस पछि ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर १५ गते सेयरधनी दर्ता किताव बन्द गर्ने भएको छ । मंसिर १३ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन तथा लाभांश पाउनेछन ।