एक महिनामा ५ अर्ब ६० करोड शोधनान्तर बचत बढ्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोड रुपैयाँले घाटामा

रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात भदैमा शोधनान्तर स्थिती ८ अर्ब ८३ करोड रुपैयाँ बचतमा रहेकोमा असोज मसान्तसम्ममा ५ अर्ब ६० करोड रुपैयाँ थप भएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अमेरिकी डलरमा शोधनान्तर स्थिति १२ करोड ७८ लाखले बचतमा रहेको छ । गत आर्थिक विर्षको सोही अवधिमा शाधनान्तर स्थिती ३१ करोड ६२ लाखले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता घाटा २७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८१ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको तीन महिनासम्ममा ७१ करोड ५० लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा २३ करोड ९९ लाख रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।