सिटिजन्स बैंकको संचालकमा लक्ष्मी बैंकका पूर्व प्रमुख कार्यकारी सुदेश खालिङ नियुक्त

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका सुदेश खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।

बैंकको मंसिर ६ गते शुक्रवार बसेको ३२० औं सञ्चालक समितिको बैठकले खालिङलाई स्वतन्त्र संचालकको पदमा नियुक्त गरेकोे हो । यस अघिका स्वतन्त्र संचालक अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि खालिङलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।

वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गरेका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका थिए ।

बैंकले हाल आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।