शेयर बजारमा दोहोरो अंकको गिरावट, ११५ कम्पनीको शेयर मूल्य घट्यो

0
Shares

यस साताको पहिलो दिन आइतबारको शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका अधिकांस कम्पनीको शेयर मूल्य घटेपछि बजार दश अंक बढीले ओरालो लागेको हो ।

आइतबार नेप्से १०.५४ अंकले घटेर १११०.०८ अंकमा झरेको छ । यसदिन कूल १६२ कम्पनीको ९ लाख २९ हजार कित्ता शेयर २८ करोड ५ लाख बराबरमा किनबेच भयो । कारोबार आएकामध्ये ११५ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।

यसदिन उपसमूहका सबै सूचक राताम्मे रहे । सबैभन्दा नीर्जिबन बीमा समूह ५७ अंकले ओरालो लागेको छ । जीवन बीमा ४८ अंक, ब्यापार ३९ अंकले झरेका छन् । वाणिज्य बैंक समूह १० अंक बढीले झरेको छ ।

सबैभन्दा धेरै कारोबार भएको एनएमबि बैंकको २ करोड ११ लाख बराबरको शेयर किनबेच भयो । नेपाल बैंक, साना किसान लघुवित्त र स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि एक करोड बढीको कारोबार भयो ।

सबैभन्दा धेरै नेशनल हाइड्रोको शेयर मूल्य चार प्रतिशत बढीले उकालो लागेको छ । जसको मूल्य प्रतिकित्ता ५२ रुपैयाँ पुगेको छ । अपि पावर, लक्ष्मी लघुवित्त लगायत २४ कम्पनीको शेयर मूल्य मात्र सामान्य बढेको छ ।

सबैभन्दा धेरै साल्ट्र ट्रेडिङको शेयर मूल्य झण्डै दश प्रतिशतले ओरालो लागेको छ । निरन्तर मूल्य बढेको यो कम्पनीको शेयर मूल्य घट्न थालेको हो । गोर्खा फाइनान्स, प्रुडिन्यिल इन्स्योरेन्स लगायत ११५ कम्पनीको शेयर मूल्य भने घटेको छ । केही कम्पनीहरुको शेयर मूल्य स्थिर रह्यो ।