ग्लोबल आइएमई लघुवित्तको लाभांश पारित, चुक्ता पूँजी बढाउन हकप्रद बेच्ने

0
Shares

लघुवित्तले शेयरधनीलाई १७.५० प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर तिर्न १.८४ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको सातौं साधारण सभाले लाभांश लगायतका प्रस्ताव पारित गरेको हो ।

जस अनुसार कम्पनीले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस शेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद (कर तिर्न) वितरण गर्नेछ ।

गत साउनमा शतप्रतिशत हकप्रद शेयर बिक्री गरेर २२ करोड ९ लाख १५ हजार चुक्ता पूँजी पुर्याएको लघुवित्तको बोनसपछि २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँ पूँजी कायम भएको छ ।

साथै लघुवित्तले पूँजी वृद्धिका लागि पुन शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पूँजी ५१ करोड नाघ्नेछ।

त्यस्तै लघुवित्तले मर्जर प्राप्तीका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नुका साथै लेखाापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, पूँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संसोधनका साथै वार्षिक प्रतिवेदन लगायतका एजेण्डा पारित गरेको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कार्तिक २५ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार कार्तिक २४ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन्।