नेप्सेको ओरालो यात्रामा अझै लागेन ब्रेक, संस्थापक कारोबारले रकम बढ्यो

0
Shares

निरन्तर ओरालो लाग्ने क्रममा रहेको शेयर बजार मंगलबार पनि करिब एक अकंले झरेको छ । कारोबारमा आएका अधिकांस सूचक घटेपछि मंगलबार नेप्से ०.९१ अंक घटेर एक हजार १०९.१६ बिन्दुमा झरेको छ।

बजार निरन्तर घटेपनि पछिल्ला दिनहरुमा कारोबार रकमले भने बजारलाई साथ दिदै आएको छ ।

मंगलबार २९ करोड ५८ लाख करोड बराबरको शेयर किनबेच भयो । जुन अघिल्लो दिनको तुलनामा करिब एक करोड बढी हो । यस दिन १६५ कम्पनीको ११ लाख ३४ हजार कित्ता शेयर खरिद बिक्री भयो।

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर ५ करोड ८१ लाख बराबरको किनबेच भयो । यसले पनि कारोबारमा सुधार आएको हो । यस्तै सिटिजन्स बैंक इन्टरनेशनलको पनि ४ करोड बराबरको संस्थापक शेयरको कारोबार भएको छ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेर १ हजार ४३० रुपैयाँमा कारोबार भयो । यस्तै नेशनल हाइड्रोपावर, एनआईसी एशिया ग्रोथ फन्ड, सानिमा माई हाइड्रोपावर लगायतको शेयर मूल्य बढेको छ ।

युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.६६ प्रतिशतले घट्दा सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी, जोशी हाइड्रोपावर लगायतको धेरै घटेको छ ।