लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार लक्ष्मी लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले घोषणा गरेको १५ प्रतिशत बोनस शेयर समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५९३.९१ रुपैयाँ कायम भएको छ ।

समायोजित मूल्यअनुसार बुधबारदेखि दोस्रो बजारमा लक्ष्मी लघुवित्तको शेयर कारोबारमा आउनेछ । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सहित २६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाले मंसिर २० गते काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो आठौँ वार्षिक साधारणसभा गर्दैछ । सभाले लाभांश पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । मंसिर १० गतेसम्म कायम शेयरधनीले लघुवित्तको लाभांश पाउनेछन्।