नेशनल माइक्रोफाइनान्सको ८०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

नेशनल माइक्रोफाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट ७५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

संस्थाले लाभांश पारित गर्न मंसिर २९ गते आइतबार क्रिक रिसोर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११ बजे छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन्।

साथै बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारण सभामा लग्दैछ ।

हाल लघुवित्तको १५ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पूँजी छ । ७५ प्रतिशत बोनसपछि २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ। त्यसपश्चात ५० प्रतिशत हकप्रद बिक्री गरेर कम्पनीले चुक्ता पूँजी ४० करोड पुर्याउनेछ ।

यस्तै, रैराङ हाइड्रोपावरले मंसिर २७ गते हुने साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १६ गते एक दिनको लागि शेयरधनी किताब बन्द गर्ने भएको छ। यसअनुसार मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुलेमात्र कम्पनीको साधारण सभामा भाग लिन तथा सञ्चालक समितिको निर्वाचनमा मतदान गर्न पाउनेछन्।