शेयर बजारले गति नलिदा औषत कारोबार, १११२ अंकमा रोकियो नेप्से

0
Shares

साताको पहिलो दिन आइतबारको शेयर बजार ०.०७ अंकले बढेर एक हजार ११२ दशमलव ८५ विन्दुमा पुगेको छ । कारोबारमा आएका ५० प्रतिशत उप समूहका सूचक सकारात्मक रहदा बजार घट्न पाएन।

१६१ कम्पनीको कारोबार भएको बजारमा २० करोड ६३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । सबैभन्दा धेरै नविल बैंकको एक करोड ७५ लाख रुपियाँ बराबरको भएको बजारमा एनएमबि, नेपाल लाइफ र एनआईसि एशिया बैंकको पनि एक करोड बढीको शेयर किनबेच भयो ।

कारोबारमा आएका १२ समूहका सूचकमध्ये ६ समूहको बढेको छ भने ६ समूहकै घटेको छ । यसदिन जीवन बीमा समूह, हाइड्रोपावर, होटल, अन्य, फाइनान्स, उत्पादनमूलक समूह सकारात्मक रहे । बाँकी समूहका सूचक घटेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्ल्य सबैभन्दा धेरै करिब पाँच प्रतिशतले बढ्दा पोखरा फाइनान्सको पनि चार प्रतिशत धेरैले उकालो लाग्यो । सबैभन्दा धेरै घेडिघोडा लघुवित्तको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा घट्यो ।