शेयर बजारमा करिब चार अंकको सुधार, साढे २६ करोड बढीको कारोबार

0
Shares

मंगलबारको शेयर बजारमा करिब चार अंकको सुधार आएको छ ।

यस दिन नेप्से ३.७५ अंकले बढेर एक हजार ११५.७४ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै यस दिन अघिल्लो दिनको भन्दा ३ करोड बढीको कारोबार भयो ।

मंगलबार १७२ कम्पनीको १० लाख १० हजार कित्ता शेयर २६ करोड ६८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

१२ वटा समूहको कारोबामा भएको बजारमा ८ समूहको सूचक सकारात्मक रहेको छ भने चार समूहको सूचक नकारात्मक रह्यो । कारोबार रकमको आधारमा सिद्धाथै बैंकको संस्थापक शेयरको कारोबार अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ । एनएमबि बैंकको पनि एक करोड ९० लाख बराबरको शेयर किनबेच भयो ।

घोडीघोडा लघुवित्तको शेयर मूल्य दश प्रतिशतले बढेको छ । दिव्यश्वरी हाइड्रो, हिमालयन डिष्टलरी लगायतको शेयर मूल्य बढ्दा सबैभन्दा धेरै साल्ट ट्रेडिङको शेयर मूल्य पाँच प्रतिशत बढीले घटेको छ ।

त्यसैगरी, मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।