युनाईटेड फाइनान्सले बढाएर प्रस्ताव गर्यो लाभांश

0
Shares

युनाईटेड फाइनान्स कम्पनीले गत आर्थिक बर्षको लाभांश घोषणा गरको छ । कम्पनीले तीन प्रतिशत बोनस र कर सहित ७.५२६ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरको छ ।

कम्पनी संचालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

गत वर्ष फाइनान्सले भारतको कोचीस्थित मुत्तूट फाइनान्सलाई १९० रुपैयाँका दरले २१ लाख कित्ता संस्थापक एफपिओ बिक्री गरेर वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याएको थियो ।

फाइनान्सको चुक्ता पूँजी एक अर्ब एक करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७४/७५ को मा कम्पनीले कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।