इन्स्योरेन्स र लघुवित्तको माग बढ्दा नेप्से तथा शेयर कारोबारमा सुधार

0
Shares

लगातार बजार घटिरहेको बेला लगानीकर्ताले आफ्नो पोर्टफोलियो बदल्ने क्रममा इन्स्योरेन्स र लघुवित्तका कम्पनीहरुको शेयर उठाउन थालेपछि समग्र बजारमा नै सुधार देखिएको छ ।

अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गरिसकेको अवस्थामा लगानीकर्ताहरुको ध्यान बीमा कम्पनीहरु तर्फ मोडिएको छ भने केहि लगानीकर्ताहरुको रोजाईमा लघुवित्त कम्पनीहरु समेत देखा परेका छन् । पहिलो त्रैमासमा राम्रो प्रगति गरेका बैंकहरुमा पनि लगानीकर्ताको आकर्षण घटेको छैन् ।

लगानीकर्ताहरु पोर्टफोलियो बदल्नतर्फ लागेपछि बजारमा समेत सकारातमक प्रभाव परेको छ । अर्कातर्फ बैंकहरुको आधारदर घट्दै गएकाले बैंक ब्याजदर समेत घट्ने आशा लगानीकर्तामा बढ्दा पनि शेयर बजारमा सुधार आएको हो । साथै बजार सुधारका कामहरुले समेत गति लिने विस्वास लगानीकर्तामा पैदा भएको छ ।

बुधबार नेप्से सूचक ८.७३ अंकले उकालो लागेर ११२४.४७ अंकमा पुगेको छ । यसदिन कारोबारमा आएका सबै समूहको सूचक बढेको छ ।

१६९ कम्पनीको कारोबार भएको बजारमा ३० करोड ८२ लाख बढीको शेयर किनबेच भयो । विशेषगरी इन्स्योरेन्स र लघुवित्त कम्पनीकोहरुको शेयर माग बढेको छ । जीवन बीमा समूहको सूचक १४२ अंक, निर्जीवन बीमा समूहको सूचक १०१ अंक तथा लघुवित्तको सूचक ३३ अंक बढीले उकालो लागेको छ ।

सबैभन्दा धेरै कारोबार पनि बीमा समूहकै नेपाल लाइफको २ करोड ८२ लाख बराबरको शेयर किनबेच भयो । प्रभु इन्स्योरेन्स, गुराँस लघुवित्त, लुम्बिनी इन्स्योरेन्स तथा सगरमाथा इन्स्योरेन्स लगायतका कम्पनीको शेयर मूल्य धेरै बढेको छ । त्यस्तै महिला सहयात्रा, स्वोरोजार, सिभिल, नेशनल माइक्रोफाइनान्स लगायतको शेयर मूल्य बढेको छ । वरुण हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढीले घटेको छ ।