सुनको मूल्य प्रतितोला ३०० ले घट्यो

0
Shares

पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ ।

बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७०० तोकेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ७२ हजारमा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४०० निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७१ हजार ७०० मा कारोबार भएको थियो ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८५० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।