लगातार चौथो दिन शेयर बजारमा सुधार, पौने २९ करोडको कारोबार

0
Shares

गत साताको पछिल्लो तीन दिन उकालो लाग्न थालेको शेयर बजारले यो साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ ।

बजार खुलेको केहि समय सकारात्मक रहेको नेप्से दिनभरी जसो नकारात्मक रहेपनि कारोबार बन्द हुने समयमा आईपुग्दा भने सकारात्मक बनेको छ । कारोबार रकममा सुधार आएपनि कारोबार रकममा भने कमी आएको छ ।

आइतबार नेप्से ३.४५ अंकले बढेर ११३५.३७ अंकमा पुगेको छ । पछिल्लो चार कारोबार दिनमा मात्रै नेप्से झण्डै साढे २३ अंकले उकालो लागेको हो । आइतबारको बजारमा १७१ कम्पनीको ९ लाख ८७ हजार कित्ता शेयर २८ करोड ७५ लाख बराबरमा किनबेच भए । कारोबार रकम गत विहीबारको तुलनामा कम हो ।

यसदिन नेपाल लाइफको संस्थापक शेयरको कारोबार सबैभन्दा धेरै २ करोड बढीको भयो । मुत्तिनाथ, एनएमबि, नेपाल लाइफ लगायतका कम्पनीको धेरै कारोबार भयो ।

कारोबारमा आएका १२ समूहमध्ये ६ समूहका सूचक बढेका छन भने ६ समूहका सूचक घटेका छन् ।

यसदिन कन्चन डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशत धेरैले बढेको छ । स्वोरोजगार लघुवित्त, युनियन हाइड्रो, इन्फिनिटी लघुवित्त, डिप्रोक्स लघुवित्त, नयाँ नेपाल लघुवित्त लगायतको कम्पनीको शेयर मूल्य बढेको छ ।

नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ३.८४ प्रतिशत ओरालो लाग्यो । आखुँ खोला, हिमालयन उर्जा तथा घोडीघोडा लगायतको शेयर मूल्य घटेको छ ।