अरुण भ्याली हाइड्रोले चुक्ता पूँजी एक अर्ब पुग्नेगरी घोषणा गर्यो लाभांश

0
Shares

अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलार्ई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

हाइड्रोपावरको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश हाइड्रोपावरको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

आर्थिक वर्ष २०७४/७५ को मुुुनााफ बाट कुनै लाभांश वितरण नगरेको हाइड्रोपावरले आर्थिक वर्ष २०७३/७४ को मुनााफ बााट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि नगद लाभांश वितरण गरेको थियो।

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको बोनसपश्चात चुक्ता पूँजी ९९ करोड ८३ लाख रुपैयाँ पुग्नेछ।