विजय लघुवित्तको लाभांश संशोधन, बोनश बढ्यो नगद घट्यो

0
Shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको छ।

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको १०८ औँ बैठकले बोनस बढाएर नगद लाभांश घटाएको छ ।

यस अघि १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले उक्त लाभांश संशोधन गरी १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख रहेको छ। जस अनुसार कम्पनीले २ करोड ९२ लाख बराबरको बोनश तथा ९७ लाख ४० हजार बराबरको कर सहित नगद लाभांश वितरण गर्नेछ ।

१५ प्रतिशत बोनस वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख पुग्नेछ।