सप्तकोशी डेभलपमेन्ट बैंक नेप्सेको कारबाहीमा, शेयर कारोबार रोक्का

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । नेप्सेले समयमै प्रगति प्रतिवेदन नबुझाउने सप्तकोशी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण स्थगन गरेको छ ।

सूचीकृत कम्पनीले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिना भित्र पहिलो त्रैमासमा भएको कामकारबाही, वित्तीय विवरणसहितको प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था रहेकोमा बैंकले कात्तिक मसान्त भित्र पेश नगरेको हुँदा सूचीकरण विनियमावली २०७५ अनुसार कारबाही गरेको नेप्सेले जनाएको छ ।

उक्त विनियमावलीको विनियम १६ को १ को ख मा धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सूचीकरण सम्झौतामा उल्लेखित समयमा पेश नगरेकोमा सूचीकरण स्थगत गर्न सकिने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार बैंकको धितोपत्र सूचीकरण स्थगन गरेको नेप्सेले जनाएको छ ।