नेपाल फाइनान्स समस्याग्रस्त संस्थाबाट फुकुवा

0
Shares

नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्सलाई समस्याग्रस्त संस्थावाट हटाएको छ । बैंकले करिब ५ वर्ष पछि समस्याग्रस्त संस्थावाट फाइनान्सलाई हटाएको हो ।

नेपाल राष्ट्र बैंकको मंसिर २० गते सम्पन्न सञ्चालक समितिको बैठकले फाइनान्सलाई समस्याग्रस्त बाट फुकुवा गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले नेपाल फाइनान्सलाई २०७१ मंसिर १७ गते ६ महिनाभित्र तोकिएका वित्तीय सूचकलाई नियम अनुसार कायम गर्न भनेको थियो ।

तर, फाइनान्स समस्या ग्रस्त संस्थावाट बाहिर आउनका लागि ५ वर्ष लागेको हो । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार निक्षेप स्विकार गर्ने कर्जा प्रबाह गर्ने जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो ।

फाइनान्सको २०७० पुस मसान्तसको अपरिष्कृत वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन अनुसार समस्याग्रस्त घोषणा गरेको थियो ।  सुपरिवेक्षकीय समायोजन पछि फाइनान्सको पुँजी कोष ४.३६ प्रतिशतले ऋणात्मक, निष्क्रीय कर्जा ५४.१८ प्रतिशत रहेको भेटिएपछि केन्द्रीय बैंकले संस्थालाइ समस्या ग्रस्त घोषणा गरेको हो ।

२०७० असार मसान्तसम्म २२ करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउनु पर्नेमा १३ करोड ५८ लाख मात्र रहेको फाइनान्सको संस्थाका संस्थापक एवम विगतमा लामो समयसम्म कार्यकारी प्रमूख रहेका रविचन्द्र प्रधान, निजको परिवार र निजसंग सम्बन्धीत व्यक्ति तथा संस्थाको नाममा ३६ प्रतिशत भन्दा धेरै शेयर स्वमीत्व रहेको छ ।

संस्थाले एउटै ग्राहक, फर्म, कम्पनी, वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समुहरुलाइ राष्ट्र बैंकको निर्देशन विपरीत प्राथमिक पूँजीको २५ प्रतिशत भदा वढी कर्जा प्रबाह गरेको समेत केन्द्रीय बैंकको स्थलगत निरीक्षणमा भेटिएको थियो ।