एभरेष्ट बैंकको साधारण सभा पुस २३ गते, यस्ता छन मुख्य प्रस्तावहरु

0
Shares

एभरेष्ट बैंकले प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गर्न पुस २३ गते बुधबार पच्चिसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ।

बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रस्तावित २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। बैंकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

साधारण सभाले लाभांश वितरण गर्ने, ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस ४ गतेदेखि २३ गतेसम्म शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल ८ अर्ब ६ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात चुक्ता पूँजी ८ अर्ब ४७ करोड २ लाख पुग्नेछ।