डिप्रोक्स लघुवित्तले घोषणा गर्यो अघिल्लो बर्षको भन्दा तेब्बर बोनस

0
Shares

डिप्रोक्स लघुवित्तले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ४५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल ४५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति पछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७७ करोड ३४ लाख रहेको छ । जस अनुसार लघुवित्तले २३ करोड २० लाख बराबरको बोनश तथा ११ करोाड ६० लाख बराबरको नगद बाड्नेछ ।

अघिल्लो बर्ष संस्थाले दश प्रतिशत बोनस र दश प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश बाँडेको थियो ।