दोहोरो अंकले वढेको बजारमा आधा अर्ब बढीको कारोबार, लघुवित्तमा खरिद चाप

0
Shares

शेयर बजार वढ्ने क्रमले साताको चौथो दिन बुधबार पनि निरन्तरता पाएको छ । बुधबारको सुधारसंगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसुचक निरन्तर सातौ दिन पनि वढेको हो ।

नेप्से परिसूचकमा देखिएको निरन्तर सुधारको प्रभाव कारोबार रकममा समेत देखिएको छ । बुधबार नेप्से परिसूचक १० अंक भन्दा धेरैले वढ्दा कारोबार रकम पनि वढेर ५५ करोड पुगेको हो । औसतमा २० देखि ३० करोडसम्म कारोबार हुदै आएको नेप्सेमा बुधबार ५५ करोड भन्दा धेरैको शेयर कारोबार भएको हो ।

पछिल्लो समयमा लगानीकर्ता बिमा कम्पनी तथा लघुवित्तीको शेयरमा आर्किषत भएपछि त्यसका सकारात्मक प्रभाव समग्र बजार देखिएको छ । बुधबार पनि विकास बैंक, बिमा कम्पनी र माइक्रो फाइनन्सको शेयर मुल्य वढेको छ ।

शेयर बजारमा लगानीकर्ता भन्दा पनि कारोबारी हावी भएकाले पनि शेयर बजार अस्थिर देखिएको हो । शेयर बजारको दिगो वृद्धि तर्फ भन्दा पनि छोटो अवधीमा आम्दानी गर्ने नियतले कारोबारी हावी भइदिदा बजारको दिर्घकालीन दिशा कता हो भन्ने लगानीकर्तामा अन्योल रहेको देखिन्छ ।

पछिल्ला दिनहरुमा अर्थतन्त्रका धेरै सुचकहरु सकारात्मक भएसंगै बैंकिङ क्षेत्रको ब्याजदर समेट घट्ने क्रममा रहेको हुनाले दिर्घकालीन रुपमा बजार फर्केको विश्लेषण गर्ने पनि उत्तिकै छन । तर, लगानी गर्ने हिसावले भने अझै पनि केही समय पर्खनु उपयुक्त हुने जानकारहरु बताउछन ।

बुधबार कारोबार सुरु भएदेखि निरन्तर वढ्दो क्रममा रहेको बजार परिसुचक अन्तिम समयमा केही सुस्त भएको हो । कारोबार सुरु हुँदा ११५१.३६ अंकमा रहेको नेप्से १०.११ अंकले वढेर ११६१.४७ अंकमा पुगेको छ । बुधबार नेप्से परिसूचक संगै सेन्सेटिभ इण्डेक्स पनि १.६९ अंकले वढेको छ ।

नेप्सेका कारोबार भएका अधिकासं परिसुचक वढेका छन । बुधबार बैंकिङ ४.२७, विकास बैंक १६.८, वित्त ६.२४, लघुवित्त ५७.०८, जिवन बिमा ७९.२८, निर्जिवन बिमा ११३.१३, ब्यापार २९.५६, होटल २२.७९, अन्य ५.१४, जलविद्युत ६.२ र सामुहिक लगानी कोष अंकले ०.००२ वढेका छन । तर, उत्पादन मूलक समुह भने ३०.३२ अंकले घटेको छ ।

बुधबार नेप्सेमा १७३ कम्पनीको ७ हजार १ सय ७२ कारोबारवाट ५५ करोड १३ लाख रुपैयाँ बरावरको २० लाख ४३ हजार ६ सय ५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएका कम्पनी मध्ये नेपाल सेवा लघुवित्त वित्तीय संस्था, देव: विकास बैंक, गणपति माइक्रो फायनान्स, यूनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले धेरै कमाएका छन ।