गरिमा विकास बैंकले मर्जरमा जाने एजेण्डा सँगै पारित गर्यो लाभांश

0
Shares

गरिमा विकास बैंकको मंसिर २७ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले मर्जर तथा एक्विजीशनका लागि बाटो खुल्ला गर्दै गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गरेको छ।

पोखराको होटेल पोखरा ग्राण्डमा सम्पन्न बैंकको साधारण सभाले १६.१५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।

२ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १६.१५ प्रतिशत बोनस बितरण पश्चात चुक्ता पूँजी ३ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै साधारणसभाले बैंकको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संसोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

साथै बैंकको अधिकृत पूूँंजी वृद्धि गरि ५ अर्ब पुर्याउने र मर्जर तथा प्राप्तिको विषयमा सम्पूर्ण निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ।

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १३ देखि बुक क्लोज गरेको थियो । जस अनुसार मंसिर १२ गतेसम्म कायम शेयर धनीले लाभांश पाउनेछन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन । बैंकले २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।