युनाइटेड मोदी हाइड्रोले नगद लाभांश वितरण गर्ने, साधारण सभा आह्वान

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट ८.४२ प्रतिशत नगद लाभांश घोषणा गरेकोे छ ।

कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ८.४२५ का दरले ९ करोड ६८ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । युनाइटेड मोदीले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ । साधारण सभा युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेबाट १५ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १० गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

हाल युनाइटेड मोदीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले ५ प्रतिशत नगद लाभांश दिएको थियो ।