नबिल बैंकको ३४ प्रतिशत लाभांश पाउन पुस ७ गतेसम्म शेयरधनी कायम हुनुपर्ने

0
Shares

नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ३४ प्रतिशत लाभांश पाउन पुस ७ गतेसम्म शेयरधनी कायम हुनुपर्ने भएको छ । बैंकले पुस ८ गतेदेखि बुक् क्लोज गर्नेगरी पुस २२ गते ३५ औँ वार्षिक साधारण सभा राखेकोे छ।

बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजेदेखि शुरु हुनेछ।

बैंकको साधारण सभाले १२ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, बैंकको प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस ८ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार बैंकको प्रस्तावित लाभांश पाउन पुस ७ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस ८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ७ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन्।

हाल ९ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पूँजी पुग्नेछ ।