सिन्धु विकास बैंकले घोषणा गर्यो गत आर्थिक बर्षको लाभांश

सिन्धु विकास बैंकले घोषणा गर्यो गत आर्थिक बर्षको लाभांश

सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई १२.०९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको पुस १ गते सम्पन्न २६८ औं बैठकले ११.५१३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ५० करोड २७ हजार ३१६ रुपैयाँ छ । बोनस शेयर वितरणपश्चात ५५ करोड ७६ लाख पूँजी कायम हुनेछ ।

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार १७ : २० बजे