एभरेष्ट र एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

एभरेष्ट बैंक र एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै बैंकले प्रस्तावित लाभांश पारित गर्न आह्वान गरेको साधारण सभाका लागि भोलिदेखि बुकक्लोज गर्दैछन्।

एभरेष्ट बैंकले गत बर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २३ साधारण सभा बोलाएको छ । जसका लागि बैंकले शुक्रबार (पुस ४ गतेदेखि बुक क्लोज गर्दैछ ।

यसर्थ, बिहीबारसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । एभरेष्टले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

हाल एभरेष्टको चुक्ता पुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ छ । प्रस्तावित बोनस शेयरपछि पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ ।

यस्तै एनएमबि बैंकको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि शुक्रबार (पुस ४ गते) देखि बुक क्लोज गर्दैछ । जस अनुसार पुस ३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।