स्याङजाको आँधिखोला र बाग्लुङको द्यौलागिरी लघुवित्त एक आपसमा गाभिने

0
Shares

आँधिखोला लघुवित्त वित्तीय संस्था र द्यौलागिरी लघुवित्तीय संस्थाले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । मर्जरमा जाने सहमति भएसँगै आँधिखोला लघुवित्तको शेयर कारोबार रोक्का भएको छ ।

स्याङजामा केन्द्रिय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था र बाग्लुङमा केन्द्रिय कार्यालय रहेको द्यौलागिरी लघुवित्तीय संस्थाबिच पुस २ गते बुधबार एक आपसमा गाभिने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

आँधिखोला लघुवित्तले गत असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । जसको चुक्ता पुँजी १० करोड रुपैयाँ छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । यो संस्थाले आइपीओ जारी गरेको छैन् ।