नेपाल बैंकले २५ प्रतिशत लाभांश पारित गर्न बोलायो एजिएम, बुकक्लोज कहिले?

0
Shares

नेपाल बैंकले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न पुस २५ गते नेपाल एपिएफ क्लब हलचोक काठमाण्डौमा ६० औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकले १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लग्नेछ । त्यस्तै सभामा अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ कायम गर्ने र सोहि अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत राख्नेछ ।

हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रूपैयाँ छ। बोनस वितरण पश्चत बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस १३ गतेदेखि बुकक्लोज गर्ने भएको छ। नेपाल स्टक एक्सचेञ्जमा पुस १० गते विहीबारसम्म कारोबार भई पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।