बुटवल पावरको २८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

बुटवल पावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २४ गते २७ औं साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि पुस ९ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । जस अनुसार कम्पनीको प्रस्तावित लाभांश पाउन पुस ८ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

कम्पनी संचालक समतिले गत आर्थिक वर्षको मुनाफवाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश र १८ प्रतिशत नगद लाभांश गरी कुल २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ४३ करोड रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी २ अर्ब ६७ करोड नाघ्नेछ ।