शेयर बजार सकारात्मक, आधा अर्ब बढीको कारोबार

0
Shares

मंगलबार सामान्य घटेको शेयर बजारमा बुधबार पुन सुधार आएको छ । अधिकांस समूहका सूचक उकालो लाग्दा समग्र बजार करिब दुई अंकले सकारात्मक बनेको छ भने झण्डै ५४ करोड बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से १.८२ अंकले बढेर ११६८.०३ विन्दुमा पुगेकोे छ । यसदिन १७५ कम्पनीको ५३ करोड ८३ लाख बढीको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १९ करोड कम हो ।

यसदिन सबैभन्दा धेरै सानिमा बैंकको डिबेन्चरकोे ४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसैगरी, नेपाल बैंक र प्राइम बैंकको पनि साढे चार करोड बढीको शेयर किनबेच भएको छ ।

कारोबारमा आएकामध्ये ४ बाहेक अन्य सबै समूहको सूचक बढेको छ आज व्यापार, वित्त, जलविद्युत र माइक्रोफाइनान्स समूहको सूचक नकारात्मक रह्यो। यसदिन बीमा तथा होटल समूहको सूचकमा उच्च बढोत्तरी आएको छ ।

यसदिन नेपाल सेवा लघुवित्त र कन्चन डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढ्यो । नेपाल फाइनान्सको शेयर मूल्य करिब दर प्रतिशतकै हाराहारीमा घटेको छ ।