जनउत्थान सामुदायिक लघुवित्तले घोषणा गर्यो लाभांश

0
Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट २६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्तले यसअघि बिक्री गरेको शतप्रतिशत हकप्रद पश्चात कायम हुन आएको ६ करोड ३३ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजीमा उक्त लाभांश घोषणा गरेको हो । लघुवित्तले २५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले एक करोड ५८ लाख ४० हजारको बोनस र ८ लाख ३३ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पािरत गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल ६ करोड ३३ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात ९ करोड ५० लाख ४० हजार चुक्ता पूँजी कायम हुनेछ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।