सिटिजन्स र कुमारी बैंकको बोनश शेयर कारोबारका लागि सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुकब्रार दुई बाणिज्य बैंकको १ करोड कित्ता बढी शेयर सूचीकृत भएको छ ।

शुक्रबार सिटिजन्स बैंक र कुमारी बैंकको गरि कुल १ करोड ११ लाख ९६ हजार ८ सय ९२ दशमलव ५६ कित्ता शेयर सूचीकृत भएको हो ।

सिटिजन्स बैंकको २५ लाख ११ हजार ३ सय १९ दशमलव ४३ कित्ता बोनस शेयर र कुमारी बैंकको ८६ लाख ८५ हजार ५ सय ७३ दशमलव १३ कित्ता बोनस शेयर सुचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

सिटिजन्स बैंकको बिहीबारसम्म अन्तिम शेयरमूल्य १८२ रुपैयाँ प्रतिकित्ता र कुमारी बैंकको १७९ प्रतिकित्ता रहेको छ ।